• Friday 23rd of October 2026

रवि लामिछानेलाई एमालेले बचाउनु पर्दैनः सूर्य थापा


  • धनकुटा खबर
  • .

सत्तारूढ नेकपा एमालेका सांसद सूर्य थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई एमालेले बचाउन नपर्ने बताएका छन्।

शनिबार रिपोर्टर्स नेपालमा आयोजित एक कार्यक्रममा थापाले आफूमाथि उठेका प्रश्नहरूको जवाफ रवि लामिछाने आफैंले दिने, एमालेले बचाउन नपर्ने बताएका हुन्।

तर त्यसका लागि बोल्न दिनुपर्ने उनले बताए।

‘७० वर्ष काम गरेर आएको मान्छे होइन। बोलेर पार्टी बनाउनुभएको हो। बोल्न रोक लगाइएको छ। कति गाह्रो हो। युट्युबरमार्फत स्थापित भएको पार्टी। गृहमन्त्री भएपछि बोल्न पाउँनुहँदैन भन्ने,’ उनले भने।

थापाले बोल्न पाउनुपर्ने भनेर वर्षौं लडेर आएको पार्टीले नै बोल्न नदिनु बिडम्बना रहेको बताए।

‘सभामुखले बोलाइसक्दा पनि बाटो छेकेर बोल्न दिइएन। कांग्रेसले कुन डेमोक्रेसीको मानक तयार गरेको हो,’ उनले भने।

थापाले सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउनपर्छ भन्दा उतिबेला कांग्रेस सांसद विश्वप्रकाश शर्माले नपर्ने भनेको पनि बताए।
‘सत्तामा हुँदा एउटा विपक्षमा हुँदा अर्को किन?,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖