• Wednesday 7th of October 2026

यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण


  • धनकुटा खबर
  • .

केही यौन जोडीले यौन क्रीडा गर्दा पीडा हुने गुनासो गर्ने गर्छन्। यसको मुख्य कारण यौन जोडी बीचमा यौन शिक्षाको अभाव तथा कमी हुनसक्छ। यौन शिक्षाको ज्ञान भए स्वस्थ जोडीबीच यौन सम्पर्क गर्दा पीडा हुने सम्भावना भने कमै हुन्छ।

उमेर नमिल्दा पीडा
यौन सम्पर्क गर्ने जोडीको उमेर मिल्दो हुनु पर्छ। ३०-३५ वर्षको उमेरमै यौन सम्पर्क गर्दा पीडा हुन्छ भने उमेर नमिलेको पनि हुन सक्छ। उमेरको बढी फरक भएका यौन जोडीबीचमा यौन क्रीडा, सम्पर्क तथा सम्बन्धमा गाँसिदा यौन अनुभव र अभ्यास फरक हुन्छ। भावना नमिल्न सक्छ।
जसका कारण यौन सम्पर्क गर्दा पीडा हुनसक्छ। उमेरको धेरै अन्तर हुँदा यौन जोडीमध्ये एक अनुभवी तथा यौनक्रीडा गर्न जान्ने हुन्छ भने अर्को कम अुनभवी तथा अनभिज्ञ हुन सक्छ। यौन जोडी बीचको उमेरको बढी अन्तरका कारणले यौन क्रीडा तथा यौन सम्पर्क गर्दा एक आपसमा असन्तुष्टि पैदा हुन्छ। एकलाई पीडाको भाव र अर्कोलाई सोचेअनुरुप यौन इच्छा पूरा नहुँदा असन्तुष्टि पैदा हुन्छ।

यौन जोडी बीचको उमेर अन्तरका कारणले वैकल्पिक जोडीसँग (अरुसँग) आकर्षण भई सहवास हुने सम्भावना बढी हुन्छ। त्यस कारणले यौन जोडीबीच एकअर्काको भावना बुझेर यौन सम्पर्क गर्न जरुरी हुन्छ। एक आपसका भावना अन्तरमनमा राख्नु आवश्यक हुन्छ।

वैकल्पिक जोडीले पीडा
वैकल्पिक यौन जोडी छ भने पनि स्थायी यौन जोडीसँग यौन सम्पर्क गर्न रुचाइँदैन। स्थायी जोडीसँग यौन सम्पर्क गर्न मन नलाग्न सक्छ। यौन सम्पर्क गर्दा पनि पीडा हुन्छ। व्यक्तिको स्वभाव र व्यवहार बडो परिवर्तनशील हुन्छ।

स्वभाव र व्यवहार परिवर्तनशील हुने भएकाले एक व्यक्तिसँग मात्रै यौन सम्पर्क गर्न मन नलाग्न सक्छ। जुन व्यक्तिको नैसर्गिक स्वभाव पनि हो।
धार्मिक प्रशिक्षण, सामाजिक तथा राजनीतिक बन्देजले भने यौन र यौन क्रीडालाई साँघुर्‍याएको छ। जति नै साँघुरो बनाए पनि सक्षम खेलाडीले वैकल्पिक यौन जोडीसँग यौन सम्पर्क राख्न सक्छन्। यौनलाई नाटकको पात्रको रुपमा नाटकीय रुपमा खेलेकै हुन्छन्। सकेसम्म परस्त्री वा परपुरुषसँग यौन सम्पर्क र सम्बन्ध नराख्नु नै उचित हुन्छ। परस्त्री वा परपुरुषसँग यौन सम्पर्क राख्दा सम्बन्ध विच्छेद हुने जोखिम हुन्छ।
यौन सोच, अभ्यास, क्रियाकलाप र व्यक्ति अनुसार फरक—फरक हुन्छ। त्यसैले यौन बानी व्यवहारलाई गृहस्थ जीवनसँग जोडेर नकारात्म रुपमा लिनु हुँदैन। गृहस्थ जीवन पवित्र जीवन हो। यौनको विषयलाई लिएर पारिवारिक विच्छेदन पनि हुने भएकाले जोडीले बुद्धिमतापूर्वक व्यवस्थापन गर्नुपर्छ।

यौन चाहना हुँदा र सम्पर्कमा सरिक भएपछि महिलामा यौन रसादी निस्किन्छ। यौन चाहना भएपछि ९९ प्रतिशत भन्दा बढी महिलामा योनिबाट रसादी निस्किन्छ। त्यसैले महिलाको योनिबाट रसादी निस्किएको छ भने यौन चाहना भएको मान्न सकिन्छ। योनिबाट रसादी निस्कँदा पनि यौन सम्पर्कको समयमा पीडा हुन्छ भने शारीरिक तथा मानसिक समस्या भएको हुन सक्छ।

यौन चाहना हुँदैमा यौनाङ्गबाट रसादी निस्कन्छ भन्ने पनि हुँदैन। यौन रसादी ननिस्किए पनि यौन चाहना हुन सक्छ। यौन रसादी निस्कनका लागि केही मिनेट यौन क्रीडा गर्न जान्नु पर्छ। यौन क्रीडाबाट यौन जोडीको (दुवैको) यौनाङ्गबट यौन रसादी निस्कन्छ नै भन्ने पनि जरुरत हुँदैन।

अधिकांश जोडीमा फरक–फरक समयमा यौन रसादी निस्कन्छ। जोडीले यौन रसादी निस्किएको वा ननिस्किएको स्वअध्ययन गर्न जरुरी छ। रसादी निस्के/ननिस्के बारेमा थाहा पाउन पनि जरुरी छ।
अभ्यास र अनुभवले रसादी निस्किएको वा ननिस्किएको बारेमा थाहा हुन्छ। १÷२ पटकको अनुभवले थाहा हुँदैन। थोरै अनुभवले धेरै ज्ञान छ भन्ठान्दा यौन जोडीका लागि जोखिम पनि हुन सक्छ।

यौनाङ्गबाट रसादी निस्कने तर पुरुषलाई पीडा हुने परिस्थिति भयो भने पुरुषको व्यक्तित्वमा मानसिक ह्रास हुन्छ। जसका कारण पुरुषको असक्षमताको पीडा असह्य हुन्छ। पुरुषको असक्षमताको परिणामस्वरुप कतिपय पुरुष महिलाबाट टाढा हुने, मानसिक रुपमा विक्षिप्त हुने र आत्महत्या गर्न समेत पछि पर्दैनन्।

रोगको खतरा
यौन सम्पर्कमा समस्या र पीडा हुने धेरै कारण हुन्छन्। यौन सम्पर्क गर्दा पीडा हुने मुख्य कारण यौनाङ्गको संक्रमण हो। जोडीमध्ये एकलाई वा दुवैलाई यौनाङ्गको संक्रमण भएको छ भने यौन सम्पर्क गर्दा पीडा हुन्छ।
पुरुषको लिंग सानो हुने, बाहिरी छाला नसुर्किने, पुरुषको लिंगमा संक्रमण हुने, अन्य घाउ खटिरा लगायतका कारणले यौन सम्पर्क गर्दा समस्या तथा पीडा हुुन्छ। पुरुषको लिंग पूर्ण रुपमा विकसित भएको छैन भने पनि यौन सम्पर्क गर्दा यौन जोडीमा मानसिक रुपमा पीडा हुन्छ। विशेष गरी महिलामा तल्लो पेट दुख्ने, यौनाङ्गको सर्भिक्समा सर्भिक्स सोथ (दुख्ने, पोल्ने, सुन्निने) भएको खण्डमा पनि यौन सम्पर्क गर्दा पीडा हुन्छ।

लिंग वा योनिमा रातो, तातो, दुख्ने, सुन्निने र यौनाङ्गले काम नगर्ने अवस्था आए सम्बन्धित चिकित्सककहाँ यथासम्भव चाँडै गएर सल्लाह र उपचार गर्न जरुरी हुन्छ।यौन सम्पर्कको समयमा पीडा भयो वा यौनाङ्गमा कुनै किसिमको समस्या छ भने हेलचेक्राईँ गरेर बस्नु उचित हुँदैन। यस्तो अवस्था आकस्मिक भने हैन।

यौनाङ्गमा कुनै किसिमको समस्या तथा संक्रमण छ भने एकअर्कामा सर्ने सम्भावना बढी हुन्छ। संक्रमण तथा जन्मजात कारणले पनि यौनाङ्गमा समस्या हुन सक्छ। जन्मजात अवस्थाका अधिकांश यौन समस्या शल्यक्रिया गरेर समाधान गरिन्छ।

यौन जोडीमध्ये कुनै एक वा दुुवैमा कुनै किसिमको रोग छ भने पनि यौन सम्पर्कको समयमा पीडा हुन सक्छ। यदि रोग छ भने कुन किसिमको, कस्तो अवस्थाको रोग छ सम्बन्धित चिकित्सककहाँ गएर परामर्श लिनुका साथै उपचार गर्नुपर्छ।

उत्तेजना नमिल्दा पीडा
विशेषगरी महिलाभन्दा पुरुष चाँडै उत्तेजित हुनु पनि पीडाको एउटा कारण हो। पुरुष चाँडै र महिला सुस्त उत्तेजित हुनाले पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ।

महिला भन्दा पुरुष चाँडै उत्तेजित हुनु स्वभाविक पनि हो। अधिकांश पुरुष यौन मामलामा सक्रिय हुन्छन् भने महिला निष्क्रिय हुन्छन्।
हरेक पुरुष तथा महिलामा मौसमअनुसार शरीरका अङ्गको सक्रियता र निष्क्रियता हुन्छ। जसका कारण पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ। त्यसको व्यावस्थापन एक आपसमा यौन जोडीले नै गर्नुपर्छ। हरेक असहज परिस्थितिलाई वातावरण अनुकूल गर्ने दायित्व जोडीको हो।

मौसमका कारण यस्तो पीडा हुन्छ भन्ने पनि हुँदैन। गर्मीमा पीडा हुन् वा जाडोमा नहुने वा जाडोमा पीडा हुने र गर्मीमा नहुने भन्ने हुँदैन।

नकारात्मक धारणा नराख्ने
विगत केही वर्षयता शैक्षिक पाठ्यपुस्तक, पत्रपत्रिका र सामाजिक सञ्जालको प्रयोगले मानिसमा यौनसम्बन्धी वैज्ञानिक जिज्ञासा बढ्दै जान थालेको छ र यो स्वाभाविक पनि हो।

त्यसैले नेपालका सामाजिक अगुवा, धार्मिक गुरु, राजनीतिक कार्यकर्ताले यौन र यौन शिक्षालाई ज्ञानको भण्डारको रुपमा लिँदा समाज अगाडि बढ्न सक्छ। यौनसम्बन्धी नकारात्मक धारणा र अफवाह न्यूनीकरण गर्दै जान जरुरी छ।

हरेक व्यक्तिका आ–आफ्नै किसिमका मानवीय अधिकार हुन्छन्। अधिकारभित्र आफूलाई चहलपहल गर्न स्वतन्त्र हुन्छन्। व्यक्तिले व्यक्तिगत तथा सामजिक उत्तरदायित्व भने भुल्नु हुँदैन। पीडा तथा असन्तुष्टि भयो भन्दैमा वैकल्पिक यौन जोडी रोज्नु उचित हैन। यौन व्यवस्थापन गर्नु उपयुक्त हुन्छ।
-(प्राडा दिनेश बाँस्तोलाको सुहागरात पुस्तकबाट)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖