• Friday 23rd of October 2026

मधेश सरकारबाट एमाले पनि बाहिरियो


  • धनकुटा खबर
  • .

जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिएको छ ।

एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

यसअघि आइतबार नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेश सरकारबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖