काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ।
जसपाको आइतबार बसेको कार्यकारिणी समितिको आकास्मिक बैठकले यसबारे निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उनका अनुसार मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिए लगत्तै पार्टीले केन्द्रीय सरकारबाट फिर्ता हुने निर्णय गरेको हो ।
जसपाले नेतृत्व गरेको मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले आजै समर्थन फिर्ता लिएका थिए ।
संघीय सरकारमा जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् ।
