• Friday 23rd of October 2026

एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि


  • धनकुटा खबर
  • .

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू)ले एमबीबीएसका दुई विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको भन्दै पुन: परीक्षा लिने भएको छ। केयू परीक्षा नियन्त्रण कार्यालयले अंग्रेजी क्यालेन्डर अनुसार मे ५ र १० मा लिएका दुई विषयको परीक्षा पुन:लिन लागेको जनाएको छ।

एमबीबीएस फाइनल अन्तर्गत मेडिसिन एन्ड एलाइड (डर्माटोलोजी) १ र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको परीक्षा पुन हुने भएको हो।

नयाँ परीक्षा कार्यतालिका अनुसार अब फाइनल एमबीबीएसको मेडिसिन एण्ड एलाइड (डर्माटोलोजी) १ को आगामी मे १६ मा बिहान १० देखि दिउसो १ बजेसम्म र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको मे १६ मा दिउसो २ देखि २:३० बजेसम्म परीक्षा हुने छ।

यी दुई विषको प्रश्नपत्र बाहिरिएको परीक्षा समितिले ठहर गरेपछि पुन:परीक्षा लिन लागिएको केयू स्कुल अफ मेडिसिनले जनाएको छ। प्रश्नपत्र आउट भएको विषयमा आवश्यक छानबिन भइरहेको पनि डीन कार्यालयले जानकारी दिएको छ।

काभ्रे प्रहरीको सहयोगमा प्रश्नपत्रका विषयमा आवश्यक छानबिन भइरहेको डीन कार्यालयको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖