• Saturday 24th of October 2026

फस्ने डरले रविको चितवन कार्यालयका सीईओले दिए राजीनामा: ब्लू बस एम्वुलेन्स, शिविर बन्द


  • धनकुटा खबर
  • .

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री एवम् चितवन– २ का सांसद रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले राजीनामा दिएका छन् ।

उनले लामिछानेको चितवन कार्यालयमा ९ महिनाअघि काम सुरु गरेका थिए । उनले राजीनामा पत्रमा व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गरेका छन् । तर पछिल्लो समय उनलाई रास्वपाले चितवन छाडेर केन्द्रीय कार्यालय काठमाडौंमा काम गर्न भनेको एक नेताले बताए ।

‘सुरु सुरुमा त उहाँले केही काम गरे जस्तो गर्नुभएको थियो, तर पछिल्लो समयमा उहाँका गतिविधिहरु ठीक थिएनन्’, ती नेताले भने, ‘पार्टी सभापतिको चाहना र स्पिरिट अनुसार उहाँले काम गर्न नसकेपछि सिधैं हटाउन भएन, काठमाडौं कार्यालयको एक युनिटमा काम गर्न भनियो, उहाँले पछि राजीनामा दिनुभयो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖