• Saturday 24th of October 2026

सन्दीप लामिछाने र गौशाला २६ दुवै अदालत पुगे, बाहिर धान्न नसक्ने भीड


  • धनकुटा खबर
  • .

काठमाडौं । आफ्नो मुद्दामा सुनवाइ जारी रहँदा क्रिकेटर सन्दीप लामिछाने पनि उच्च अदालत पुगेका छन् ।

उनी आफ्ना सहयोगीसहित अदालत पुगेका हुन् । सन्दीपमाथि मुद्दा दायर गर्ने ‘गौशाला २६’ पनि इजलासभित्र देखिएकी छन् । उनी बहस सुनिरहेकी थिइन् ।

उच्च अदालत पाटन बाहिर भिडभाड अत्याधिक बढ्न थालेको छ । ठूलो संख्यामा सन्दीपका समर्थकहरू जम्मा भएका छन् । उनीहरूले कुनै नाराबाजी र होहल्ला भने गरेका छैनन् । युट्युबर र पत्रकारहरू पनि ठूलो संख्यामा अदालत बाहिर छन् ।

अदालतबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । अवस्था हेर्दा आज नै फैसला हुने अवस्था छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖