• Tuesday 6th of October 2026

गैह्रीगाउँ सामूहिक हत्याकाण्डमा खटाइएको कुकुर जडिबुटीसम्म पुग्यो त्यसपछि अल्मलियो


  • धनकुटा खबर
  • .

काठमाडौं। गैह्रीगाउँ हत्याकाण्डमा खटाइएको तालिमप्राप्त कुकुर संलग्न व्यक्ति भक्तपुरतिर भागेको संकेत गरेको छ।

प्रहरी स्रोतका अनुसार घटनास्थलमा पुर्‍याएको कुकुर सुँघ्दै जडीबुटीसम्म पुगेको थियो। त्यसपछि कुकुर अल्मलिएको थियो। ‘ कुकुरले अपराधी भक्तपुरतिर भागेको संकेत गरेको छ।तर कुकुर जडिबुटी पुगेपछि आफै अल्मलियो’, एक अनुसन्धान अधिकृत भन्छन्।

गैह्रीगाउँस्थित काठ मिलमा शुक्रबार राति एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको थियो। घटनाबारे प्रहरीलाई खबर गरेका व्यक्ति दिपेन्द्र राई नै अहिले अनुसन्धानको दायरामा छन्। दीपेन्द्र सोही काठमिलमा बस्दै आएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖