• Sunday 25th of October 2026

प्रतिनिधि सभा बैठकमा कांग्रेसले रोष्टम घेरेपछि


  • धनकुटा खबर
  • .

काठमाडौं,७ जेठ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका छन्। उनीहरूले सहकारी ठग गर्नेलाई कारबाही गर्न माग गरेका छन्।

कांग्रेसले नाराबाजी गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिँदैछन् ।

प्रचण्डलाई विश्वासको मत लिनबाट रोक्ने योजनामा कांग्रेस लागेको छ । विश्वासको मत लिनबाट रोक्ने रणनीतिमा रहेको कांग्रेसले विपक्षी दलको संयुक्त बैठकबाट निर्णय लिनेछ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

प्रधानमन्त्री र सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार देखिए पनि यसको कार्यक्षेत्रलाई लिएर सत्ता पक्ष र कांग्रेसबीच सहमति हुन सकेको छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖