• Sunday 25th of October 2026

धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल ४५ मिनेटको लागि बन्द


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि ४५ मिनेटका लागि सबै उडान बन्द गरिएको छ।

धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान अवतरण बन्द गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

अहिले धानवमार्गको मर्मत भईरहेको र त्यसको लागि ४५ मिनेट सबै उडान अवतरण रोकिएको प्रवक्ता झाले बताए ।

धानवमार्गको मर्मत भईरहेकोले जहाजहरु आकाश मै होल्ड गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖