• Thursday 8th of October 2026

कलाकार दम्पती जीवन–लक्ष्मीलाई पुत्र लाभ


  • धनकुटा खबर
  • .

काठमाडौ । कलाकार दम्पती लक्ष्मी बर्देवा र जीवन भट्टराईलाई पुत्र लाभ भएको छ । वैशाख ३१ गते काठमाडौँ मोडेल अस्पतालमा उनले छोरालाई जन्म दिएकी थिइन् ।

छोराको नाम ‘यशकृत’ राखिएको छ । लक्ष्मी र जीवनले चार वर्ष लामो प्रेम सम्बन्धलाई २०७५ सालमा विवाहमा परिणत गरेका थिए ।

दुवै फिल्म अभिनयको अलवा म्युजिक भिडिओमा अभिनय र निर्देशन गर्दै आएका छन् ।

लक्ष्मी र जीवनको जोडी कलाकारिताको माध्यमबाट जातीय छुवाछुतविरुद्धको आन्दोलनमा सघाउ भूमिका खेल्दै आएको जोडी हो ।

उनीहरूको भेट एन्टेना फाउन्डेसनले गरेको रेडियो नाटकका क्रममा भेट भएको थियो ।

सुरुमा दिदी–भाइजस्तो सम्बन्धमा भेटिएका उनीहरूको सहकार्यले प्रेम, लिभिङ टुगेदर हुँदै विवाहसम्मको रूप लियो ।

प्रेम हुँदादेखि नै उनीहरूले आफ्नो प्रेमले सफलता पाउला भन्ने सोचेका थिएनन्, तर उनीहरूले २०७५ सालतिर आफ्नो प्रेमलाई विवाहमा रूपान्तरण गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖