• Thursday 8th of October 2026

२७ वर्षपछि सहकार्य गर्दै काजोल र प्रभुदेवा


  • धनकुटा खबर
  • .

काठमाडौँ – २७ वर्षपछि काजोल र प्रभुदेवा सहकार्य गर्ने भएका छन् । सन् १९९७ मा राजीव मेननको तमिल भाषी फिल्म ‘मिनसारा कानाभु’मा सहकार्य गरेका उनीहरूलाई निर्माता चरण तेज उप्पलतिको फिल्मले एक ठाउँमा ल्याउन लागेको हो ।

तेलुगु फिल्म निर्माता चरण तेज उप्पलति उनको असाधारण सिनेमा भिजनका लागि चिनिन्छन् । उनी अब हिन्दीमा लामो समयदेखि प्रतीक्षित रहेको निर्देशकीय जिम्मेवारीको शुरुवात गर्ने तयारीमा छन् ।

एक हाई बजेट एक्सन थ्रिलरको काममा व्यस्त उनको फिल्ममा काजोल, प्रभुदेवा, नसीरुद्दीन शाह, संयुक्ता मेनन, जीशु सेन गुप्ता र आदित्य सीलको अभिनय रहनेछ ।

फिल्मको पहिलो सेड्युल पुरा भएको छ । निर्माताहरू चाँडै नै टिजर सार्वजनिक गर्ने तयारीमा जुटिसकेका छन् । यो महत्त्वाकाङ्क्षी फिल्ममा उच्च प्राविधिक टोली हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖