• Sunday 25th of October 2026

सरकारले सीता दाहालको नाममा कलेज खोल्ने


  • धनकुटा खबर
  • .

सरकारले सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज खोल्ने भएको छ।

आर्थिक वर्ष २०८१/०८१ को बजेट वक्तव्यमा उक्त कुरा समेटिएको हो।
‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु,’ अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट वक्तव्यका क्रममा भने।

सीता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी हुन्। सीताको गत असार २७ गते निधन भएको थियो।

उनकै सम्झनामा सरकारले कलेज खोल्न लागेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖