• Sunday 25th of October 2026

बजेटबारे लिङ्देनले भने– सीता दाहाल र प्रधानमन्त्री छोरी कार्यक्रम बाहेक अरु पुरानै


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले आशा जगाउन नसकेको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा बजेट प्रस्तुत गरेपछि अध्यक्ष लिङ्देनले बजेट सधैँझैँ अनुदान, अनुमान र ऋणमा आधारित रहेको टिप्पणी गरेका हुन् ।

उनले पुँजीगत र चालु खर्चको अन्तर नघटेको, खर्च गर्ने क्षमताको अभाव कायमै रहेको बताएका छन् । सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम बाहेक अधिकांश पुरानै कार्यक्रमहरूको निरन्तरता पाएको उनले उल्लेख गरेका छन् ।

बजेट परम्पराको निर्वाह र कार्यान्वयनमा जटिलता हुने उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖