• Sunday 25th of October 2026

गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटमा आज सुनुवाइ


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ १६ । गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।

लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार अदालतमा दर्ता भएको थियो। पहिले अदालत प्रशासनले दरपीठ गरेको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो।

भट्टराईको रिटमा गृहमन्त्री लामिछानेसहित महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ। लामिछानेमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग रिटमा गरिएको छ। लामिछाने पदमा रहिरहँदा छानबिनमा स्वार्थ बाझिने रिटमाजिकिर गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖