• Sunday 25th of October 2026

सन्दिपलाई भिसा नदिए विश्वकप नै बहिष्कार गर्नुपर्छः कांग्रेस नेता आचार्य


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बाबुराम आचार्यले विश्वचर्चित नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा नदिए विश्वकप नै बहिष्कार गर्नुपर्ने बताएका छन् ।

सुनसरी काठमाडौं सम्पर्क मञ्चका सभापती समेत रहेका आचार्यले अमेरिकाले सन्दिपलाई हेप्नु भनेको सबै नेपालीलाई हेप्नु हो भन्दै अमेरिकाको यो कदमलाई हेपाहा प्रवृत्ति र कुटनैतिक मर्यादा विपरितको कार्यको संज्ञा दिएका हुन् ।

नेता आचार्य भन्छन्, ‘अमेरिकाले सन्दीप लामिछानेको भिजा दिएन भने नेपालले गेम नै बहिस्कार गर्नुपर्छ, यो भिजा काण्ड भनेको सन्दीपको insult मात्र भएर कृकेट खेलाडी, सबै नेपाली खेलाडीमात्र नभएर Insult of All Nepali हो ! नेपाल सरकारले समेत अनुरोध गरिसकेको छ !’,उनले अगाडी भनेका छन्, ‘सरकारले नै अनुरोध गर्दा पनि भिजा नदिनु, अझ लाजमर्दो, हेपाहा प्रवृत्ति र कुटनैतिक मर्यादा विपरित हो, नेपाल सरकारले कडा रुपमा कुटनीतिक विरोध गर्नसमेत अति जरुरी छ ! कम्युनिष्ट र नयाँ दलको सरकार एकरति पनि नडराओस्, हामी जनता राष्ट्रियताको सवालमा सरकार जस्को भएनि साथमा नै हुनेछौं !’

नेता आचार्यले नेपालले सबै खेल बहिष्कार गरेर अमेरिकालाई लज्जित बनाउन आवश्यक रहेको समेत बताए ।

उनले भने, ‘नेपाल ईतिहास देखि नै एउटा स्वायत्त, स्वतन्त्र, अबिभाज्य र अटल देश हो, हामी विश्वभर बस्ने नेपालीको अपमान गरेकाले यो बिषयलाई एउटा व्यक्तिको भिजाको रुपमा मात्र नलिई नेपाल सरकारले कुटनीतिक अश्त्र प्रयोग गरेर अमेरिकालाई नेपालको अस्तित्व देखाउन जरूरी देखिन्छ! अमेरिकालाई भिजा नदिएकोमा विश्वसामु लज्जित बनाउन जरुरी छ ! यसको विश्वभर बस्ने नेपालीले बिरोध गरौँ! जय नेपाल!’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖