• Sunday 25th of October 2026

बालेनलाई सडक विभागको मुद्दा हाल्ने चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ जेठ । सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं मिनभवनले सडक पुनर्स्थापना नगरिदिए काठमाडौं महानगरपालिकालाई मुद्दा हाल्ने चेतावनी दिएको छ । आज (बुधबार) पत्र जारी गर्दै विभागले न्यूरोडस्थित जुद्ध शालिक इन्द्रचोक सडक खण्डमा महानगरबाट सडक खन्ने र भत्काउने गरी भएको कार्य २ दिनभित्र पुनर्स्थापना गर्न सचेत गराएको हो ।

‘कार्यालयको कार्यक्षेत्र भित्र सहमति विना कुनै पनि काम नगर्नरनगराउनु हुन भनी अनुरोध गरिएतापनि मिति २०६१।०१।१२ मा विना सहमति न्यूरोड स्थित जुद्ध शालिक इन्द्रचोक सडक खण्डमा तहांबाट सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को वर्खिलाप हुने कार्य भएको देखिएकोले सो कार्य तुरुन्त रोकी सडक यथास्थितिमा पुनस्थापना गरिदिनु हुन भनी मिति २०८ १०२ १ ३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनस्थापना भएको देखिएन,’– विभागले महानगरलाई काटेको पत्रमा भनिएको छ ।

महानगरबाट खन्ने र भत्काउने गरी भएको कार्य २ दिनभित्र पुनर्स्थापना नभए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही प्रकृया अगाडि बढाउने विभागको चेतावनी छ ।

सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ ले सडक विभागसँग स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्न, वा भत्काउन, किला, लट्ठा, तगारो गाड्नलगायतका कार्य निधेष गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖