• Sunday 25th of October 2026

यसरी किन भक्कानिए कानूनमन्त्री ?


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् बिन्दबासिनी कंसाकारको पीडा सुनेपछि कानूनमन्त्री पदम गिरी भावुक बनेका छन् ।

११ वर्षअघि भएको घटनामा अहिलेसम्म क्षतिपूर्ति नपाउँदा घर लिलाम हुन लागेको उनले सुनाएकी थिइन् ।

‘आजको दिनमा मेरो दुई वटा घर – एउटा लिलाम भइसकेको छ, एउटा लिलाम हुने प्रक्रियामा छ, बारम्बार नोटिस आइरहेको छ’, उनले समितिमा भनिन्, ‘मेरो बैंक एकाउन्ट फ्रिज गरिएको छ । मैले चाहेको बेला मैले आफूले पाउने भत्ता निकाल्न पाउँदिन ।’

कंसाकारले आफ्नो बैंक खाता पनि प्रयोग गर्न नपाएको बताउँदै भनिन्, ‘आजको दिनसम्म पनि मैले घरबाट पैसा मगाएर आफू बसिरहेको फ्याल्टको पैसा तिर्नुपर्ने र हिँड्नुपर्ने अवस्था छ, न्याय यही हो ?’

त्यसक्रममा कानूनमन्त्री गिरीले भावुक बन्दै आँशु खसालेका थिए । ‘माननीयज्यूले आफ्नो कुरा सुनाइरहँदा पनि मन्त्रीज्यूले माथितिर हेरिरनु भएको नोटिस गरेको थिएँ’, कानूनमन्त्रीका प्रेस संयोजक श्रीधर पौडेलले भने, ‘उहाँले (कंशाकार) फोटो देखाएपछि मन्त्रीज्यू भावुक हुनुभयो ।’

कानूनमन्त्री गिरीले त्यसपछि ‘तपाईंहरु यसभन्दा अगाडि पनि माननीयज्यूसँग बसेर छलफल गुर्नभयो, तपाईंहरुलाई सामान्य लाग्यो । तर, मलाई लागेन’ भनेका थिए ।

उनले यो संवेदनशील विषय भएको बताउँदै गम्भीरताका साथ लिएको बताए ।

‘यत्तिका समयसम्म पीडितले भनेक दुःख गरेर उपचार गर्नुपर्यो, अनेक ऋण धन गरेर उपचार गर्नुपर्यो । त्यही कारण घर नै लिलाम भयो’, उनले भने, ‘यो धेरैको चोट हो, समाजको घाउ हो । मैले क्षतिपूर्ति दिलाउन पहल गर्छु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖