कञ्चनपुर । कञ्चनपुरमा बेहोस अवस्थामा फेला परेका युवकको मृत्यु भएको छ ।
शुक्रबार जिल्लाको बेलौरी बजारमा बेहोस अवस्थामा फेला परेका बेलौरी नगरपालिका-४ का ३२ वर्षीय निमेष लम्सालको शनिबार मृत्यु भएको हो ।
साइकलमा सवार लम्साल बजारमा ढलेपछि स्थानीयले बेलौरी स्थित एक अस्पताल पु¥याएका थिए ।
थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।-प्रेसपत्र
