• Sunday 25th of October 2026

बजेटमा धेरै कुरा छुट्यो : एमाले अध्यक्ष ओली


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा धेरै विषय छुटेको बताउनुभएको छ । उहाँले पर्याप्त छलफल र परामर्श हुन नपाउँदा धेरै वटा महत्वपूर्ण विषय छुटेको उल्लेख गर्नुभएको छ ।

आज आयोजित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले छुटेका शीर्षक र विनियोजित रकमबारे अध्ययन गरेर सुझाव दिन सांसदहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारमा सहभागी दलहरुबीच पर्याप्त परामर्श भएन । त्यसो गरेको भए बजेट राम्रो आउँथ्यो ।’

संविधानमा समाजवाद उन्मुख व्यवस्था भनिए पनि बजेटमा त्यसबारे नबोलिएको ओलीको भनाई छ । उहाँले भन्नुभयो, ‘सत्तापक्षसँग गहन छलफल गरेर बजेट ल्याइएको भए अझ राम्रो हुने थियो ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖