• Sunday 25th of October 2026

निम्स पुर्जामाथि महिला आरोहीलाई गलत व्यवहारको आरोप के हो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्व प्रसिद्ध अमेरिकी दैनिक द न्युयोर्क टाइम्सले प्रख्यात नेपाली आरोही निम्स दाइ अर्थात् निर्मल पुर्जामाथि एक महिला मोडल तथा आरोहीलाई गलत ढंगले व्यवहार गरेको आरोप लगाएको छ ।

पूर्व मिस फिनल्यान्डकी विजेता महिला हिमाल आरोही लोत्ता हिन्त्साले टाइम्सका पत्रकार आना कालाघान तथा जेनी भ्रेन्टाससँग आफ्नो कुरा खोलेकी कुरा सो पत्रिकाले जनाएको छ ।

पूर्व मिस फिनल्यान्ड हिन्त्साले २०८० पुसमा प्रकाशन गरेको आफ्नो जीवनीमा काठमाडौंमा २०७९ सालको चैत महिनामा एक व्यापारिक भेटघाटकाबीच एक पुरुषले एक होटलको आफ्नो सुइटमा अचानक चुम्बन गरेको कुरा लेखेकी थिइन् ।

तर, टाइम्सको अन्तर्वार्तामा भने उनले त्यो पुरुषको नाम लिएकी छिन्, उनले नाम लिएका पुरुषको नाम हो निम्स पुर्जा । सो अन्तर्वार्ताका अनुसार पुर्जाले उनलाई कोठामा बोलाएर लुगाहरू उतारिदिएको र जबर्जस्ती गर्न खोजेको तर अन्त्यमा आफैले हस्त मैथुन गरेर चित्त बुझाएको बताएकी छिन् ।

निम्स दाइ नामले प्रख्यात ४१ वर्षीय निर्मल पुर्जा नेपालको म्याग्दीमा सन् १९८३ सालमा जन्मेका हुन् । हाल उनी बेलायती नागरिक हुन् ।

उनले बेलायतको नागरिकता २०८० सालको मंसिर महिनामा मात्र लिएका हुन् ।पुर्जाले आठ हजार मिटर माथिका सबै हिमाल चढेको नेटफ्लिक्सले बनाएको सन् २०२१को ‘फोर्टिन पिक्सः नथिङ इज इम्मोसिबल’ डकुमेन्ट्रीले उनलाई संसारभर प्रख्यात बनाएको थियो ।

पुर्जालाई आरोप लगाउने ३५ वर्षिया लोत्ता हिन्त्सा सन् २०१३ को फिनल्यान्ड मिस युनिभर्सकी विजेता हुन् र उनले आफ्नो देशलाई प्रतिनिधित्व गर्दै मस्को, रसियामा आयोजित मिस युनिभर्स प्रतियोगितामा भाग लिएकी थिइन् ।

हिन्त्साले सन् २०१६ मा हकी खेलाडी क्रिश्चियन नकिभासँग विवाह गरेकी थिइन् जुन सम्बन्ध सन् २०१९ सम्म मात्र चल्यो । त्यसपछि क्यानडाका हिमाल आरोही डन बोईसँग उनको प्रेम सम्बन्ध २०२१ देखि २०२३ सम्म चलेको विकिपिडियामा उल्लेख छ । उनको युट्युब च्यानल पनि छ । ‘हाई अल्टिच्युड एक्सपिरियन्स’ जहाँ उनी अनेक प्रकारका सल्लाह, सुझाव र आफ्नो बारेमा बताउँछिन् ।
न्युयोर्क टाइम्सबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖