• Sunday 25th of October 2026

बूढानीलकण्ठ बैठकबारे माधवको प्रष्टीकरण: कोही आत्तिनु पर्दैन, प्रधानमन्त्रीलाई सोधेर गएको हुँ


  • धनकुटा खबर
  • .

काठमाडौं,२० जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू सत्ता साझेदार दलहरुलाई सोधेरै नेपाली कांग्रेसका सभापतिलाई भेट्न गएको दाबी गरेका छन् ।

आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले आफू प्रधानमन्त्रीलाई सोधेरै शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेको जिकिर गरे । उनले सो भेटबारे अवर्गल प्रचार नगर्न पनि आग्रह गरे । ‘एउटा बैठकको आयोजना भएको हो, हामी महत्त्वपूर्ण घटक भएको कारणले हामीसँग पनि छलफल भएको हो,’ अध्यक्ष नेपालले भने, ‘सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन्, अनर्गल रुपमा कसैले आत्तिन पर्ने अवस्था छैन।’

देउवासँगको छलफल गर्ने क्रममा आफूले प्रधानमन्त्री प्रचण्डलाई पनि सोधेको भन्दै त्यसक्रममा प्रधानमन्त्रीले छलफल गरे पनि कमिटमेन्ट नगर्न भनेकाले कमिटमेन्ट नगरेको बताए । ‘कमिटमेन्ट फाइनल नगरिदिनुहोला भनेर प्रमले भन्नुभयो’, अध्यक्ष नेपालले भने, ‘यसरी नै संवाद र छलफल भइरहेको छ । संवादमा विश्वास चाहिन्छ । विश्वासको आधारमा सहमति हुन्छ’, नेपालले भने ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖