• Sunday 25th of October 2026

सुनको मूल्य घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको जानकारी गराएको हो ।

आइतबार छापावाल सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँ रहेकामा सोमबार घटेर १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ कायम हुँदा सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖