• Sunday 25th of October 2026

काठमाडौं महानगरले भत्काएको बाटो डिभिजन सडकले कालोपत्रे गर्न थाल्यो


  • धनकुटा खबर
  • .

१ जेठ,काठमाडौं । फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ । भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो ।

जवाफमा डिभिजन सडकले महानगरले काटेको पीच आफैं टाल्न भन्दै पत्र पठाएको थियो ।काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । त्यसक्रममा कार्यालयले महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो ।

सोहि दिन दिउँसो कठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएपछि महानगर र सडक विभागबीच केही दिन नोंकझोंक नै चल्यो । त्यतिबेला उनले चक्रपथको प्रसंग जोडेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई प्रश्न उठाएका थिए ।

पछि १६ जेठमा महानगरलाई पत्र काट्दै सडक डिभिजन कार्यालयले २ दिनभित्र काटेको कालापत्रे फेरि जस्ताको तस्तै गर्न भनेको थियो । ‘उहाँहरुले पत्रको जवाफ दिनुभएन, अर्को ३ दिन कुर्दा पनि काम नभएपछि आज बिहानदेखि पीच गर्न सुरु गरेका हौं,’ डिभिजन सडक काठमाडौंका सूचना अधिकारी प्रमोद खतिवडाले भने ।

खतिवडाका अनुसार काटिएको कालोपत्रेको एकातर्फ १६० र अर्कातर्फ ५० मिटर पुनः कालोपत्रे गरिँदैछ । ‘महानगरले १.१५ मिटर काटेको रहेछ दुवैतर्फ । त्यो आजै पिच गरेर सक्काउँछौं । हाम्रो नियमति जनशक्तीबाट नै काम भएको छ । बिहान ८ बजेदेखि हाम्रो टोली खटिएको हो,’ खतिवडाले अनलाइनखबरसँग भने ।

सडक कार्यालयले आफैं पिच गर्न थालेपछि मेयर बालेन शाह फेरि आक्रोसित भएका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टीस्टेटसँग जोडेर आक्रोस पोखेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖