• Sunday 25th of October 2026

बालिका अपहरणको आरोपमा लालबाबु पक्राउ


  • धनकुटा खबर
  • .

बालिका अपरहणको आरोपमा महोत्तरीका एक बाबा पक्राउ परेका छन्।गौशाला नगरपालिका-१० बस्ने बाबा लालबावु खत्वे मण्डललाई अपहरणको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसप) सन्तुलाल जयसवारले बताए। बालिकालाई अपरहण गरेर लगिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

महोत्तरीका सोनमा गाउँपालिकाबाट आइतबार राति १२ बजे बालिका हराएको खबर प्रहरीमा आएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलको नेतृत्वमै प्रहरी टोली खटिएको थियो।

सोमबार सर्लाहीको इश्वरपुर नगरपालिका-५ खुलाल टोलबाट बालिकालाई उद्धार गरिएको डीएसपी जयसवारले बताए। बालिकालाई उद्धार गरि परिवारको जिम्मा लगाएको छ।

त्यस्तै, बाबालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। उनी तीन महीनादेखि सोनमा गाउँपालिकाको खेसरामा बस्दै आएका थिए। घरमा कोही नभएको वेला बालिकालाई फकाइफुलाइ लगेको प्रहरीको भनाइ छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी जयसवारले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖