• Wednesday 21st of October 2026

सप्तरीको एक लजमा झुण्डिएको अवस्थामा फेला परे धनकुटाका सुजन


  • धनकुटा खबर
  • .

धनकुटा । सप्तरीको कञ्चनरुप नगरपालिका -८ स्थित बेरियरमा रहेको एक लजमा मंगलबार एकजना युवक मृत भेटिएको छ। धनकुटाको मगालक्ष्मी नगरपालिका १ खाप्रांगका करिब २८ वर्षका सुजन कार्की स्थानीय एन्जिल्ला लजको कोठा नम्बर -९ मा मृत भेटिएको हो ।

लज संचालकले जानकारी गाराउन साथ घटना स्थलमा पुग्दा कार्की पंखामा घाँटी पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले जनाएको छ । सोमबार (हिजो) दिउँसो करिब ३ बजेको समयमा उक्त लजमा कार्की बस्न आएको लजका सञ्चालक दिल बहादुर शाही ठकुरीले बताए ।

“सोमबार बेलुकाको खाना खान बोलाउँदा कार्कीले एक छिनमा आउँछु भनेपनि खान भने आएन”,होटल संचालक साहीले भने, “मंगलबार बिहान चेक आउट गर्न जाँदा भित्रबाट कोठा बन्द थियो । पटक – पटक कोठा खोल्ने प्रयास गरेपनी भित्रबाट नखोलेपछि ईलाका प्रहरी कार्यालय कञ्चनपुरलाई जानकारी गराएँ ।” “अनि प्रहरीले ढोका खोल्दा कार्की पंखामा झुन्डिएको अवस्थामा देखियो” उनले भने । लासको सर्जिमिन मुचुल्का लगायतका कार्य स्थानीय जनप्रतिनिधिको रोहबरमा सम्पन्न गरि सकिएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान भइरहेको तथा शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज पठाइएको उनले जानकारी दिए ।-स्रोत :सिरहा टाइम्स

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖