• Sunday 25th of October 2026

गर्ने काम नगर्ने, नगर्ने काम गर्ने बालेन कुण्ठाले ग्रस्तः एमाले नेतृ चौधरी


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ २४ । एमाले नेतृ शान्ता चौधरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समाज परिबर्तनको एजेन्डा भन्दा अरु प्रतिको कुण्ठाले ग्रस्त बनेको आरोप लगाएकी छन् ।

नेतु चौधरीले मेयर शाहलाई चेतावनी फेसबुकमा लेखेकीछन् ‘बालेन संयमता गुमाउदै छन। गर्ने काम नगर्ने नगर्ने काम गर्ने। उहाले गर्ने काम त तमाम छन्। कहिले सुकुमबासि बस्तिमा डोजर चलाउन जाने कहिले सिंहदरबार आगो लगाइदिन्छु भन्ने, कहिले केपि ओलीको जेल बसाइको मजाक उडाउने।

सुकुम्बासी बस्तिमा डोजर लिएर जादा उनिहरुलाइ बिकल्प दिनु पर्दैनरु इमोसनल ब्लाक मेलिङ्ग गर्दै चलाइएको तपाइँको हुण्डरिबाद धेरै त टिक्दैन तर हल्ला खल्ला चलाएर समाजमा भ्रम चै छरी रहनु हुने भयो। समाज परिबर्तनको एजेन्डा भन्दा पनि अरु प्रतिको कुण्ठा ले तपाइँ लाइ ग्रस्त बनाएको छ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖