• Sunday 25th of October 2026

झापामा रोकिएको जिपमा स्कुटर ठोक्किँदा २५ र २९ वर्षका २ युवकको मृत्यु


  • धनकुटा खबर
  • .

झापाको मेचीनगरमा बुधबार राति एको सवारी दुर्घटना हुँदा दुई जना युवाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपमा तीव्र गतिको स्कुटर ठोक्किँदा दुई युवका मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा स्कुटर चालक झापाको बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖