• Sunday 25th of October 2026

फुटबल रेफ्री अकिललालको मृत्यु


  • धनकुटा खबर
  • .

हेटौँडा । मकवानपुर जिल्ला रेफ्री संघको अध्यक्ष अकिललाल श्रेष्ठको निधन भएको छ ।

बुधवार राती हृदयाघातका कारण ४० वर्षीय श्रेष्ठको मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले बताए ।

अचानक छाती दुखेपछि सामान्य उपचार गरेर फर्केका श्रेष्ठको राती अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको लामाको भनाइ छ ।

हेटौँडा १३ स्थायी घर भएका श्रेष्ठ मकवानपुरमा हुने अधिकांश फुटबल गतिविधिमा सक्रिय सहभागिता जनाउने गर्दथे ।

उनको आजै हेटौँडामा अन्त्येष्टि गरिएको छ । जिल्ला फुटबल संघले आज जिल्लामा हुने सबै फुटबलको गतिविधि बन्द गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖