• Wednesday 21st of October 2026

लोकसभा सदस्य कंगना रनावतलाई एयरपोर्टमै थप्पड


  • धनकुटा खबर
  • .

लोकसभा सदस्य कंगना रनावतलाई सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सिआइएसएफ) का एक अधिकारीले थप्पड हानेका छन्। शुक्रबार किसानको अनादर गरेको भन्दै सुरक्षा जाँच गर्ने क्रममा चण्डीगढ एयरपोर्टमा सिआइएसएफका एक अधिकारीले कंगनालाई थप्पड हानेको प्रिन्टमा उल्लेख छ।

विभिन्न भारतीय सञ्चार माध्यमका अनुसार चण्डीगढ एयरपोर्टबाट दिल्ली जाने क्रममा झगडा हुँदा कंगनालाई ती हवल्दारले थप्पड हानेका हुन्। सञ्चार माध्यम एएनआईले स्रोतलाई उल्लेख गर्दै घटनाबारे थप अनुसन्धान गर्न सिआइएसएफका वरिष्ठ अधिकारीलाई राखेर छानबिन समिति समेत गठन गरेको जनाएको छ।

कंगनाले भारतीय जनता पार्टी (भाजपा) बाट हिमाचलको मण्डी सिटमा लोकसभा सदस्यमा जितेकी थिइन्। उनले कंग्रेस आईबाट विक्रमाद्धित्य सिंहलाई ७४ हजार ७५५ भोटले पराजित गरेकी थिइन्।

कंगनाले ५ लाख ३७ हजार २२ भोट ल्याएकी थिइन्। भारतको भएको निर्वाचनमा एनडिए गठबन्धनले २९३ र इन्डिया गठबन्धनले २३३ सिट सिट जितेको थियो। १७ सिट अरू दलहरूले जितेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖