• Wednesday 21st of October 2026

कञ्चनपुरमा कैदी र पुलिसको मस्ती, खुलेआम होटेलमा मदिराको चुस्की


  • धनकुटा खबर
  • .

धनगढीः कञ्चनपुरमा कारगारका कैदी र एक प्रहरी र कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका छन्।

कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार रामसिंह धामी र कारागारका खरिदार जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका हुन्।

आज (बिहीबार) उनीहरू होटलमा भेटिएका थिए। अहिले सो विषयमा छानबिन थालिएको छ।

कञ्चनपुरका डीएसपी उमेश जोशीले अहिले नाइके बाहिर निस्केर मदिरा सेवनको विषय अनुसन्धान भैरहेको बताए। उनका अनुसार अहिले प्रहरीले कारागारसंग समन्वय गरेर अनुसन्धान थालेको छ।

यस्तै एसपी चक्रराज जोशीले प्रहरी कर्मचारीलाई भने छानबिन गरेर कारबाही गर्ने जनाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖