• Tuesday 6th of October 2026

एल्युमुनियम फोयलमा प्याक गरेको खाना खादा हुनसक्छन यस्ता असर


  • धनकुटा खबर
  • .

हामी अहिले घरको खानाभन्दा बढी बजारिया खाना खान्छौ । घरमै बसिरहँदा पनि हामी पकाएर खान अल्छी गर्छौ र रेस्टुरेन्टबाट खाना, खाजा मगाएर खाने गर्छौ जुन स्वास्थ्यका लागी निकै हानिकारक हुन्छ ।

यस्तैमा प्याक गरिएर ल्याइएको खाना खाजा दिनहुजसो नै सेवन गर्छौ । रेस्टुरेन्टमा खानेकुरा प्याक गर्ने एल्युमुनियम फोयल पनि स्वास्थ्यका लागी हानिकारक हुन्छ । अहिले जहाँ पनि खाना प्याक गर्नका लागि एल्युमुनियम फोयलको प्रयोग गर्ने गर्छन् । तर के तपाईँलाई थाहा छ ? एल्युमुनियम फोयलमा प्याक गरेको खानाले शरीरमा विभिन्न खाले नोक्सानहरू पुर्‍याउन सक्छ ।

बेफाईदाहरु यस्ता छन्

–एल्युमुनियम फोयलमा राखेको खाना खाइरहँदा मधुमेहको खतरा पनि बढ्छ । यसको सेवनले शरीरमा सुगरको मात्रालाई बढाउने गर्छ ।

–एल्युमुनियम फोयलमा खाना प्याक गर्दा यसका कणहरू भोजनमा मिसिन्छन् जसले गर्दा तपाईँलाई दिमाग, हड्डी र शरीरका अन्य भागमा समस्या हुन थाल्छ ।

–एल्युमिनियममा प्याक गरेको खाना मस्तिष्कका लागि पनि हानिकारक हुन्छ । यसलाई खाँदा मस्तिष्कका कैयौँ हिस्सामा नोक्सान हुन्छ । साथमा यो अल्जाइमरको कारण पनि बन्न सक्छ ।

–एल्युमुनियममा प्याक खाना खानाले फर्टिलिटीमा समेत समस्या बढ्न थाल्छ । यस्तो खाना लगातार खाइरहने गर्दा महिलाहरूमा गर्भधारण गर्न तथा पुरुषहरूमा समेत फर्टिलिटी समस्या आउँछ ।

–एल्युमुनियम फोयलमा लामो समय बन्द भइरहेको खानाले हड्डी कमजोर हुन्छन् । किनकि यसरी प्याक गरेको खानामा क्याल्सियमको मात्रा घट्छ । साथमा यो आस्टियोपोरोसिस जस्तो समस्याको कारण पनि बन्न सक्छ ।

–मृगौलासम्बन्धी पीडित बिरामीले एल्युमुनियम फोयलमा प्याक गरेको खाना खानबाट बच्नुपर्छ । यसको सेवनले मिर्गौलासँग जोडिएको समस्या अझै बढाउँछ ।

– एल्युमुनियम फोयलमा प्याक गरेको खाना खाँदा पेटमा कब्जियत, अपच र ग्यासको समस्या हुन थाल्छ । साथमा यसले तपाईँको पाचन प्रणाली पनि खराब बनाउँछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖