• Sunday 25th of October 2026

सावित्रा भण्डारी कृषि विकास बैंकको सद्‌भावना दूत नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्‌भावना दूत नियुक्त भएका छन् ।

बैंकले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साम्बालाई सद्‌भावना दूत नियुक्त गरेको जनाएको हो ।

वर्षको ८ लाख रुपैयाँ ट्रेनिङ किट दिनेगरी एक वर्षको सम्झौता भएको हो । सम्झौता अनुसार साम्बा १ वर्षका लागि बैकको ब्रान्ड एम्बेसडरका रूपमा रहनु हुनेछ र सम्झौता बापत साम्बाले बैंकको प्रचारमा सहयोग गर्नेछन् ।

कार्यक्रममा उनले गाउँको बारीमा फुटबल खेलेर अन्तर्राष्ट्रियस्तरसम्म पुग्नु सानो कुरा नभएको बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖