• Wednesday 21st of October 2026

स्कुटरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु,स्कुटर चालक फरार


  • धनकुटा खबर
  • .

पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको व्यास–१ तालघरे नजिक बिहीबार साँझ स्कुटरले ठक्कर दिदाँ एक पैदलयात्री महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अनुसार नामथर वतन नखुलेकी अन्दाजी बर्ष ५०÷५५ की घाइते महिलाको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाँसीकुवाबाट दमौलीतर्फ जाँदै गरेको हालसम्म नम्बर खुल्न नसकेको स्कुटरले ठक्कर दिएर फरार रहेकाले खोजी कार्य भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

मृतकको हालसम्म कही कतैबाट सनाखत हुन छैन्,उनले भने,“महिलालाई चिन्नुहुने व्यक्तिले प्रहरी कार्यालयमा उपस्थित भई वा ९८५६०९०१७८ मा फोन सम्पर्क गरी जानकारी दिन अनुरोध गरिएको छ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖