• Sunday 25th of October 2026

एक पुरुष मृत फेला


  • धनकुटा खबर
  • .

बैतडी : बैतडीमा एक पुरुष मृत फेला परेका छन्। दार्चुलाको लेकम गाउँपालिका-१ बित्थड घर भएका ५० वर्षीय तिखुरे खत्री मृत फेला परेका हुन्।

डिलाशैनी गाउँपालिका वडा नं.६ बांगाबगरमा उनी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।nप्रहरीका अनुसार शुक्रबार साँझ ७ बजेतिर बांगाबगरमा सडकबाट २० मिटर तल खाल्डोमा घोप्टो परेको अवस्थामा पुरुषको शव भेटिएको हो।

घटनाका विषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ। मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖