• Wednesday 21st of October 2026

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी


  • धनकुटा खबर
  • .

पाल्पा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

रामपुर नगरपालिका-५ पारी बेझाड बस्ने २५ वर्षीय विक्की दमाईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

दमाईले ती किशोरीलाई ललाई फकाई जेठ ३ गते आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖