– पहेँलो भिडेँ खुर्सानी, केरा जस्ता पहेँला फल र तरकारीमा प्रशस्त मात्रामा भिटामिन सी र क्यारोटीनोइड्स जस्ता एन्टिअक्सिडेन्टहरू हुन्छन् । यसले शरीरमा फ्री रेडिकलको असर कम गर्न मद्दत गर्छ । फ्री रेडिकलले धेरै गम्भीर रोगहरूको जोखिम बढाउँछ ।
– कागती, सुन्तलाजस्ता पहेँलो रङका अमिला खानेकुरामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ र शरीरलाई गम्भीर रोग अनि संक्रमणसँग लड्ने शक्ति पनि दिन्छ ।
– मकै, भिडेँ खुर्सानीजस्ता पहेँलो खानेकुरामा लुटेन, जेक्सान्थिन, एन्टिअक्सिडेन्ट पाइन्छ जुन आँखाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले उमेर बढ्दै जाँदा आँखामा देखिने म्याकुलर डिजेनेरेसनको जोखिमलाई पनि कम गर्न सक्छ ।
– आँप र सखरखन्डा जस्ता पहेँलो फलमा बीटा क्यारोटिन हुन्छ । यसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले पराबैंजनी किरणबाट हुने क्षतिलाई पनि कम गर्छ । अब आँपको सिजन शुरु हुन लागेको छ । दैनिक सीमित मात्रामा आँप खाएर यी फाइदा लिन सक्नु हुन्छ ।
– नियमित रुपमा केरा खानु पनि निकै स्वस्थकर हुन्छ । केरामा प्रचुर मात्रामा पोटासियम हुने भएकाले उच्च रक्तचापको समस्याबाट बचाउँछ । भूइँकटहरमा पनि पोटासियम पाइन्छ । यसले रक्तचाप नियन्त्रण गरेर मुटुलाई स्वस्थ्य राख्न सहयोग गर्छ । यसमा प्राकृतिक चिनी र कार्बोहाइड्रेट हुन्छ जसले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ ।
– बेसारलगायत पहेँलो मसलामा करक्युमिन पाइन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी तत्त्वहरू हुन्छन् जसले सुन्निएका ठाउँहरूलाई बसाल्न मद्दत गर्छ ।
