• Monday 26th of October 2026

युवक र महिला मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । चितवनको भरतपुरस्थित दुई छुट्टाछुट्टै स्थानमा एक युवक र एक महिला मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–२१, रंगिला वस्तीमा २५ वर्षीय सुवास नेपाली मृत फेला परेका वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घरबाट करिब दुई किमि टाढा खेतमा नेपाली मृत अवस्थामा फेला परेका हुन् । आइतबार दिउँसो उनको शव फेला परेको हो ।

यस्तै, आइतबार नै भरतपुर महानगरपालिका–२३, खड्गौलीकी ५० वर्षीया बुधनी दराई मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार केरुंगा खोलानजिकै उनी मृत अवस्थामा फेला परेकी हुन् । उनी घरबाट माछा मार्न भनेर केरुंगा खोलामा गएकी प्रहरीको भनाइ छ । आइतबार भएका दुवै घटनाको जानकारी वाग्मती प्रदेश प्रहरी कार्यालयले सोमबार दिएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖