• Monday 26th of October 2026

वृद्ध आमाको हत्या गरी भागेका युवक पक्राउ


  • धनकुटा खबर
  • .

भोजपुर । वृद्ध आमाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । अरुण गाउँपालिका-४ चरम्बी ल्याङडाँडामा ६८ वर्षीय निरकुमारी तामाङको हत्या गरेर भागेका छोरा ३४ वर्षीय मिलनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मिलनले खुर्पा प्रहार गरी आमाको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖