• Thursday 22nd of October 2026

कोशी प्रदेशबाट नेपाल भित्रियो यो बर्षको मनसुन


  • धनकुटा खबर
  • .

काठमाण्डाै – यस वर्षको मनसुन सरदर मितिभन्दा तीन अगाडि नै नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि तीन दिन अगाडि अर्थात् आज जुन १० तारिखमै भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुन क्रमिक रूपमा केही दिनभित्र देशभर फैलने महाशाखाले जनाएको छ । अघिल्ला वर्षहरूको अनुभवअनुसार पूर्वबाट देशमा मनसुन भित्रिएपछि पश्चिमसम्म पुग्न एक हप्ता समय लाग्छ ।

यस वर्षको मनसुनमा नेपालमा औसतभन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विभागकाअनुसार यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भू–भागमा सरदर वर्षा हुने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖