• Thursday 22nd of October 2026

अश्लील भिडियो बनाएर युवतीमाथि ब्ल्याकमेल, मोबाईल पसल सञ्चालकसहित २ पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीको त्रिनगर शपिङ कम्प्लेक्समा रहेको आशिष मोबाईल ग्यालरीका सञ्चालकसहित दुई जना अश्लिल भिडियो बनाएर युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोबाईल ग्यालरीका सञ्चालक धनगढी उपमहानगरपालिका–१ का ४१ वर्षीय शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीया बालक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रबहादुर बोहराले उनीहरुले पसलमा मर्मत गर्न दिएको मोबाईलमा मोबाईल धनी युवतीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गरेको पाइएपछि पक्राउ गरिएको बताए ।

उनकाअनुसार मोबाईलमा युवतीको फोटोमा अश्लिल फोटा जोडेर भिडियो बनाएर फेसबुक आइडीबाट उनैलाई पठाएर ब्ल्याकमेल गरिएको थियो भने युवतीको फेसबुक आइडी समेत प्रयोग गरेर विभिन्न अश्लिल भिडियो हेर्ने गरेको पाइएको प्रहरीको भनाई छ ।

मोबाईलधनीले दिएको जाहेरीका आधारमा उनीहरु दुवै जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖