• Monday 26th of October 2026

प्रकाशमानको स्वास्थ्यवस्था बुझ्न नेता महर भारतमा


  • धनकुटा खबर
  • .

नयाँदिल्ली । भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे छलफल गरेका छन् ।

महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट अस्पताल पुगेर सिंहको स्वास्थ्यवस्था अवस्थाबारे छलफल गरेको महरको सचिवालयका संयोजक सन्तोष खड्काले बताए । 

मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो।

‘सिनियर नेता बिरामी हुँदा पार्टीका तर्फबाट महर स्वास्थ्यवस्था बुझ्न नयाँदिल्ली पुग्नु भएको हो । उहाँको अवस्था सुधारोन्मुख छ । स्वदेश फर्किएर सिंहको स्वास्थ्यवस्थाबारे महरले पार्टीका नेताहरूसँग कुरा गर्नुहुनेछ,’ महरलाई उदृत गर्दै उनको सचिवालयले भन्यो । 

एक साता दिल्ली बसाइका क्रममा नेता महर नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले सन् १९७६ मा स्थापना गरेको नेपाली जनसम्पर्क समिति भारतको ४८औं स्थापना दिवसका अवसरमा जनसम्पर्क समिति भारतले जुन १२ मा नयाँदिल्लीमा आयोजना गर्ने कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने र केही भारतीय नेतृत्वसँग भेटघाटको कार्यतालिका रहेको जनसम्पर्क समितिका नेता सागर शाहीले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖