• Thursday 22nd of October 2026

पोर्चुगलमा एक नेपाली युवकको निधन


  • धनकुटा खबर
  • .

युरोपेली मुलुक पोर्चुगलमा एक म्याग्देलीको निधन भएको छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना घर भई रोजगारको सिलसिलामा पोर्चुगलमा रहनु्भएका ३४ बर्षिय ललित पाइजाको आइतबार निधन भएको उहाँका भिनाजु टिका पु्नले जानकारी दिनुभयो ।

मृतक पाइजाको श्रीमति, दुई छोरा र एक छोरी छन् । घटनाका बारेमा म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगल, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका संघसंस्थालाई समेत जानकारी भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖