• Thursday 22nd of October 2026

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु


  • धनकुटा खबर
  • .

हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारमा टिपरको ठक्करबाट मंगलबार राति स्कुटर चालकको निधन भएको छ।

मनहरीबाट चितवनतर्फ गइरहेको ना७ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको वा प्र ०२-०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी मध्यविन्दु नगरपालिका-१४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्रीको मृत्यु भएको हो।

टिपरको ठक्करबाट घाइते क्षेत्रीको उपचारका निम्ति चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा राति नै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖