• Thursday 22nd of October 2026

बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको थियो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य चाहिँ तोलामा रु ५ बढेको छ ।

मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ८२० रुपैयाँमा कारोबार भएको हो

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖