• Thursday 22nd of October 2026

यी दुई प्रदेशमा भइरहेको छ वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?


  • धनकुटा खबर
  • .

जल तथा मौसम पूर्वानुमान महाशाखाले दुई प्रदेशमा वर्षा भइरहेको जनाएको छ।

मनसुनको प्रभाव रहेको कोशी प्रदेश र स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि वर्षा भइरहेको महाशाखाले जनाएको छ।

बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानहरुमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशको केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा रातिपनि मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖