• Thursday 22nd of October 2026

ललितपुरको जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु


  • धनकुटा खबर
  • .

ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका दम्पतिको मृत्यु भएको छ।

शुक्रबार राति करिब ८:३० बजे जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरी बस्ने दम्पती अर्ध बेहोस भेटिएका थिए।

अर्धबेहोस भेटिएको २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती रेनुलाई पाटन अस्पताल लगिएको थियो।

त्यहाँ उपचारका क्रममा राति ९:३० बजे दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनीहरूको मृत्यु के कारणले भएको खुलिसकेको छैन।

शव पोस्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖