• Thursday 22nd of October 2026

असार ३१ गतेदेखि मनकामना केबलकार करिब ५० दिन बन्द हुने


  • धनकुटा खबर
  • .

नेपालकै पहिलो केबलकार सेवा मनकामना केबलकार करिब डेढ महिना बन्द हुने भएको छ ।

केबलकारको डिजिटल प्रणाली स्तरोनती तथा मुख्य केबलतार बदल्ने कार्यका लागि असार ३१ गतेदेखि करिब ५० दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा रहेको मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा रहेको छ ।

मनकामना दर्शन प्रालि २०५३ कात्तिक २२ गते स्थापना भएको कम्पनी हो । प्रालिले २०५४ माघको अन्तिम साता केबुलकार निर्माण प्रारम्भ गरी २०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको थियो ।

मनकामना केबुलकारले सुरुआती वर्षमा २-३ लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने कम्पनीको लक्ष्य छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖