• Thursday 22nd of October 2026

अनलाइन क्यासिनो खेलाउने ६ जना पक्राउ, दुई महिनामा २४ करोडको कारोबार


  • धनकुटा खबर
  • .

अनलाइन क्यासिनोमार्फत् सट्टेबाजी खेलाउने ६ जना पक्राउ परेका छन्।
‘उल्फ ७७७’ अनलाइन क्यासिनोमार्फत जुवा खेलाउने ६ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार अनलाइन जुवा खेलाउने काम गर्दै आएको भन्ने सूचनाको आधारमा सिआइबी टोली खटिएको थियो।

पक्राउ पर्नेमा रूपन्देही घर भई काठमाडौं बस्ने २५ वर्षीय आकाश मिश्र, २२ वर्षीय अभिषेक जयसवाल, २५ वर्षीय नितेश हरिजन, २९ वर्षीय राम गिरी, २८ वर्षीय प्रतीक बस्याल र २९ वर्षीय सजल श्रेष्ठ छन्।

उनीहरू ‘उल्फ ७७७’ का सञ्चालकहरू भएको एसपी बोगटीले बताए।

उनीहरू विभिन्न व्यक्तिहरूलाई बैंक खाताको क्युआर कोड सामाजिक सञ्जालमार्फत् पठाई सट्टेबाजी खेलाउँथे।

करिब दुई महिना अगाडिदेखि उनीहरूले अन्दाजी २४ करोड रूपैयाँ बराबरको शंकास्पद कारोबार गरेको एसपी बोगटीले बताए।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत सट्टेबाजी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको पनि उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖