• Thursday 22nd of October 2026

मलेसियाबाट फर्केर ६ दिनदेखि विर्तामोडको होटलमा बसेका इलामका युवा घर पुग्न नपाउँदै मृत फेला


  • धनकुटा खबर
  • .

दमक– झापा बिर्तामोड स्थित होटलमा इलाम घर भएका एक युवक मृत फेला परेका छन्।

विर्तामोडस्थित मुख्य राजमार्गमा रहेको पाथिभरा होटल एन्ड लजमा इलामको सूर्योदय नगरपालिका–४ घर भएका करिव ३८ वर्षीय कर्म शेर्पा मृत फेला परेका हुन।

मलेसियाबाट फर्केर २८ जेठदेखि सो होटलमा बसेका शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

कोठाभित्रबाट दुर्गन्ध आएपछि शनिवार साँझ ढोका फोडेर हेर्दा शेर्पालाई झुन्डिएको अबस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए। उनी केही दिनअगाडि नै झुन्डिएको हुनसक्ने प्रहरीको आशंका छ।

प्रहरीका अनुसार मृतक शेर्पाका श्रीमती र नाबालक सन्तान छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖